back
CTIZAN AD

बचतपत्रमार्फत विदेशको कमाइ स्वदेशमै पठाइदिन राष्ट्र बैंकको आग्रह

वि.सं.२०७९ जेठ २४ मंगलवार

846 

shares

काठमाडौं । राष्ट्र बैंकले विदेशमा आर्जन गरेको रकम स्वदेशमै पठाउन अनुरोध गरेको छ ।

विशेष गरेर विदेशमा बस्ने नेपालीका लागि आकर्षक ब्याजसहित ‘बैदेशिक रोजगार बचतपत्र’ निष्कासन गरेर लगानी गर्न आग्रह गरेको राष्ट्र बैंकले विदेशमा कमाएको पुँजी देशमा लगानी गरी देशको आर्थिक समृद्दिमा हातेमालो गर्न अनुरोध गरेको हो ।

२०७९ जेठ १८ गतेदेखि असार ६ गतेसम्मको समय राखेर निष्कासन गरेको उक्त बैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत् फारम भरेर खरिद गर्न सकिनेछ ।

थोरैमा १० हजार र त्यो भन्दा माथि ५० करोडसम्म लगानी गर्न सकिने बताउदै त्यसको बार्षिक व्याजदर १२.५० प्रतिशत दिने राष्ट्र बैंकले जनाएको छ । उक्त लगानीको व्याज बैंकले प्रत्येक महिना खरिदकर्ताको आफ्नै खातामा जम्मा गरिदिने बताएको छ । पाँच वर्षसम्मका लागि दिइने उक्त बचतपत्र बापतको ऋणको ब्याज बैंकले प्रत्येक ६/६ महिनामा जम्मा गरिदिने बैंकका विदेशी मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक डा.  भागवत आचार्य बताउँछन् ।

‘विगतका वर्षहरुमा जस्तै यो वर्षपनि विदेशमा बस्ने नेपाली र तिनका यहाँ रहेका परिवारले लगानी गर्नसक्ने गरी ‘बैदेशिक रोजगार बचतपत्र’निष्कासन गरेका छौं । उक्त बचतपत्र खरिद गरिदिएर विदेशको कमाई स्वदेशमा पठाइदिन अनुरोध गर्दछौं ।’ डा. आचार्यले भने ।

उनले नेपाल यतिबेला कोरोना महामारी, रसिया र युक्रेनको द्धन्द्ध लगायतका कारण समस्यामा रहेको र विदशी मुद्राको संचिति घटिरहेको, आयात बढिरहेको अवस्थामा विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीले कमाएर पठाएको रेमिट्यान्सले धानिरहेको बताए ।

‘आयातको दायरा कमजोर रहेको स्थितिमा पर्यटन क्षेत्र कोरोनाका कारण खस्किएको र हाल विस्तारै चलायमान हुने अवस्थामा अगाडि बढेको छ । त्यसले विदेशमा बस्ने नेपालीलाई मेरो अनुरोध छ यहाँहरुले कमाएको पैसा औपचारिक च्यानलबाट नेपाल पठाइदिनुहुनेछ ।’डा. आचार्य छन्छन् ।

उनले पछिल्ला समयमा विदेशमा बस्ने नेपालीले दुःख गरेर कमाएको पैसा ऐजेन्टहरुले विभिन्न प्रलोभन देखाएर कोठा–कोठा, क्याम्प, क्याम्प पुगेर संकलन गरेर नेपाली पठाइदिन्छु भन्ने र कतिपयको पैसा लिएर वेपत्ता भएका घटनाहरु धेरै सार्वजनिक हुने गरेकोले दुःख गरेर भएपनि औपचारिक माध्यामबाट रेमिट्यान्स पठाउन आचार्यले अनुरोध गरेका छन् । उनले सरकारले ल्याएको आकर्षक प्याकेजको सदुपयोग गर्न समेत अनुरोध गरेका छन् ।

नेपाल सरकारले साढे १२ प्रतिशत व्याजमा पाँचवर्षसम्म नघट्ने गरी लगानीका लागि अवसर दिएको बताउँदै आचार्यले यस अवसरको भरपुर फाइदा लिन विदेशमा बस्ने नेपालीलाई अनुरोध गरेका छन् । उनले सरकार नै सुरक्षित लगानीको क्षेत्र रहेकोले यसमा कुनै शंका नराखी लगानी गर्न समेत अनुरोध गरेका छन् ।

आचार्यले खाडी क्षेत्रबाट बढी रेमिट्यान्स भित्रने हुनाले त्यहाँ कार्यरत नेपालीहरुले यसमा बढी लगानी गरिरहेको र अमेरिका अष्ट्रेलिया, अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुले पनि यसमा इच्छा देखाएको अचार्यले जानकारी दिएका छन् ।

https://obss.nrb.org.np/saving/

No photo description available.

 

 

No photo description available.

No photo description available.

 

 

वि.सं.२०७९ जेठ २४ मंगलवार १६:५४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...