काठमाडाैं । सरकारले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने निर्णय गरेकाे छ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने निर्णय गरेको हाे ।
त्यस्तै बैठकले नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ।
मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।
गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
यस्ता छन् अन्य निर्णय


वि.सं.२०७९ जेठ २४ मंगलवार १७:२५ मा प्रकाशित






























