काठमाडौं । श्रोत नखुलेको झण्डै ४ करोड रकमसहित चारजना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाईएको उक्त रकमसहित कारका चालक गुरुङ तथा चार चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १७:३६ मा प्रकाशित






























