back
CTIZAN AD

तपाईको आज बुधबारको राशिफल भन्छ–आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७९ जेठ २५ बुधवार

720 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आलस्य गर्ने बानीले समस्या निम्त्याउला। परिश्रमको फलमाथि अरूले दाबी गर्न सक्छन्। तर, मिहिनेत गर्दा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। विगतका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुपर्ला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्ततः फाइदा उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। उद्योग र कृषिमा केही समस्या देखापर्न सक्छन्। तापनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले उत्साह जगाउनेछ भने व्यापारमा पनि फाइदै हुनेछ। काम पूरा नभए पनि आंशिक सफलता मिल्नेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा विवाद आउन सक्छ। तापनि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। दिगो आम्दानी हुने काम हातपार्न सकिनेछ। मान–सम्मान प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लोकाचारका लागि अनिच्छित काममा जुट्नुपरे पनि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। समय दिन नसक्दा काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ने हुन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ। कामको चाप बढे पनि शुभचिन्तकहरूको साथ–सहयोग पाइनेछ। नपत्याएको कामले भने राम्रो फाइदा दिनेछ। खर्चिलो कामले अर्थअभाव निम्त्याउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य कामगर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्ने हुँदा सजग रहनुहोला। लगनशीलताले भविष्यका लागि विशेष काममा जग बसाउने मौका दिलाउनेछ। श्रमको पूरा मूल्य प्राप्त नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा कीर्तिमानी काम प्रारम्भ हुनेछ र आंशिक फाइदा पनि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अधुरा काम समेत सम्पादन हुनेछन् भने विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। भाग्यले साथ दिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सफल भइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। मनोरञ्जन तथा भौतिक सुविधाले पनि केही खर्च निम्त्याउला। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तर असंयम व्यवहारले आलोचित बन्नुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

२०७९ जेठ २५ गते, बुधवार, (८ जुन २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज मंगलबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

 

वि.सं.२०७९ जेठ २५ बुधवार ०७:१२ मा प्रकाशित