काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका पाँचजनाको पदस्थापन भएको छ ।
मन्त्रिपरिषद सोमबार बसेको बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले पदस्थापना तथा दुईजना एआइजीलाई सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयद्धारा जारी सूचना अनुसार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र मानव श्रोत विकास विभाग नक्सालमा रहेका अर्का एआइजी रबिन्द्र धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको हो ।
यी हुन् पदस्थापना भएकाहरु
वि.सं.२०७९ जेठ २५ बुधवार ०९:०२ मा प्रकाशित






























