काठमाडौं । कम्युनिष्ट नेता बलराम उपाध्यायको १८ औं स्मृति दिवस मनाइएको छ ।
पुष्पलाल अध्ययन समाज काठमाडौंद्धारा बलराम उपाध्यायको १८ औं स्मृति दिवस मनाइएको हो ।

धोविधारास्थित पुष्पलाल अध्ययन समाजको कार्यालयमा आयोजित उक्त कार्यक्रम समाजका उपमहासचिव मुकुन्द आचार्यले संचालन गरेका थिए भने समाजका अध्यक्ष लोककृष्ण भट्टराईले बलरामको संक्षिप्त जीवनी र योगदानका बारेमा चर्चा गर्दै उपाध्याय वामपन्थीहरुको साझा व्यक्तित्व भएको बताएका थिए ।

समाजका उपाध्यक्ष तथा पुष्पलालको अस्तु नेपाल ल्याउने व्यक्तित्व आरवी भण्डारी, पूर्वमन्त्री देववहादुर पौडेल क्षेत्री, सल्लाहकार दिनेश भुसाल, सचिव निलकण्ठ तिवारी, भरत गौतम सदस्य चन्दा थापा लगायतको उपस्थिति रहेको सो कार्यक्रममा बलरामका बहुआयामिक योगदानहरुको बारे चर्चा गरिएको थियो । १९८९ मा जन्मिएका बलरामको २०६१ जेठ २५ गते निधन भएको थियो ।

स्मरणरहोस् उनको योगदानको बारे संप्रेषण गर्न सोमनाथ प्यासी अध्यक्ष, दीनानाथ शर्मा र खगराज अधिकारी उपाध्यक्ष रहेको संस्था ‘बलराम उपाध्याय प्रतिष्ठान’ केही वर्षदेखि निश्क्रिय अवस्थामा रहेको छ ।

वि.सं.२०७९ जेठ २५ बुधवार १७:२५ मा प्रकाशित






























