काठमाडौं । डिप्रोक्स लघुवित्त कम्पनी भरतपुर, चितवनले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायक पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार योग्यता पुगेका ग्रामिण क्षेत्रमा काग गर्न इच्छुक तथा अनभवी नेपाली नागरिकले सूचना जारी भएको मितिले १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले इमेल vacancy@ddbank.org.np मार्फत कम्पनीले तोकेको ढाँचामा रितपुर्वक आवेदन दिन सकिने जनाएको छ । आवेदन दिने अन्तिम मितिसम्म निवेदकको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ ।
सूचनाः

वि.सं.२०७९ जेठ २६ बिहीवार १३:२२ मा प्रकाशित






























