back
CTIZAN AD

अन्तिम खेलमा मलेसियालाई हराए पनि नेपालको विश्वकप खेल्ने सपना अधुरै

वि.सं.२०७९ जेठ २६ बिहीवार

696 

shares

काठमाडौँ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।

नेपालले छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (युएई) १० विकेटले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया ५ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा रह्यो । छनोटमा युएई ८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अङ्क जोडेर दोस्रो स्थानमा छ । आज हुने थाइल्याण्ड र युएईबीचको खेलले विश्वकपमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रनमा समेटियो । मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनको योगफल बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् । त्यसैगरी सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन÷तीन रन जोड्दा कृतिका मरासिनीले एक रन जोडिन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् ।

छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्वकप खेल्नेछ ।

वि.सं.२०७९ जेठ २६ बिहीवार १५:३४ मा प्रकाशित

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...