back
CTIZAN AD

स्थानीय निर्वाचनबारे कांग्रेसको निष्कर्ष : गठबन्धन गर्नु घाटाकर भयो (प्रतिवेदनसहित)

वि.सं.२०७९ जेठ २६ बिहीवार

882 

shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएको ठाउँमा उत्साहपूर्णं नतिजा नआएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष सुनाएको हो ।

केन्द्रीय सदस्य प्रदिप पौडेल नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार गठबन्धन गरिएका मध्ये ६१.२ प्रतिशत स्थानीय तहमा मात्रै कांग्रेस विजयी भएको छ । २३४ स्थानीय तहमा गठबन्धन गर्दा कांग्रेसले २०९ पालिकाको नेतृत्वको उम्मेदवारी पाएको थियो । २०९ पालिकामध्ये कांग्रेसले १२८ पालिकामा मात्रै जित हात पारेको छ ।

कांग्रेसले गठबन्धन नगरी लडेको ४२३ पालिकामध्ये २०१ मा विजयी भएको छ । जुन ४७.५० प्रतिशत हुन आउँछ । गठबन्धन नगरी लडेको भए थप अन्य पालिका पनि जित्ने कांग्रेसको निष्कर्ष छ ।

प्रतिवेदन सार्वजनिक गर्दै नेता पौडेलले गठबन्धनले परिणाम घटाएको बताए । “गठबन्धनले हाम्रो परिणामलाई घटाएको छ, उथलपुथल बनाएको छ, पार्टीलाई घाटा भएको छ भन्ने हाम्रो निष्कर्ष होइन, तर गठबन्धन प्रभावकारी हुन सकेन”, पौडेलले भनेका छन्, “अझै त्योभन्दा बढी हाम्रो कांग्रेस पार्टीको सम्पूर्ण शक्ति नेपाली कांग्रेसलाई नै जिताउनका लागि परेन, हामीले त्यो स्थिति निर्माण गर्न पनि सकेनौं।”

गठबन्धन गर्दा आफ्नो पार्टीको स्पष्ट राजनीतिक तथा चुनावी एजेण्डा कार्यकर्तासमक्ष पुर्‍याउन नसकेको निष्कर्ष पनि कांग्रेसले निकालेको छ । पौडेल नेतृत्वको उपसमितिले गठबन्धन गर्नुको औचित्य नै कार्यकर्तालाई बुझाउन नसकिएको बताएको छ ।

तथापी, कांग्रेस पहिलो शक्ति

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो पार्टी पहिलो बनेको दाबी गरेको छ । आफ्नो पार्टीका वडा अध्यक्षका उम्मेदवारले पाएको मतअनुसार पहिलो पार्टी बनेको कांग्रेसको निष्कर्ष छ ।

पौडेल नेतृत्वको उपसमितिले बताएअनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत कुल ३८ लाख ८३ हजार १३८ छ । जुन नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेदवारले पाएको भन्दा १ लाख ७५ हजार ७६ मतले बढी हो । कांग्रेसले विजयी, प्रत्यासी र तेस्रो स्थानमा आएकाको मतको हिसाब गरेको बताएकाे छ ।

कांग्रेसले हाल २ हजार ६६५ वडाको नेतृत्व जितेको छ । जुन कुलकाे ३९.५ प्रतिशत हुन आउँछ ।

कांग्रेसले गाउँपालिकाको तुलनामा नगरपालिकामा नतिजा उत्साहपूर्णं आएको बताएकाे छ । तर, महानगर र उपमहानगरमा त्यति आशातित परिणाम नआएको कांग्रेसले बताएकाे छ ।

प्रतिवेदनअनुसार ०७४ को निर्वाचनभन्दा कांग्रेसले ९ प्रतिशत पालिकामा जित हात पारेको छ । ०७४ मा २६६ प्रमुख पद जितेको कांग्रेसले ०७९ मा आउँदा ३२९ जितेको छ । उपप्रमुख तर्फ पनि कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । ०७४ को नतिजाभन्दा ०७९ मा कांग्रेस करिब ९ प्रतिशत पालिकाको नेतृत्व बढाएको छ ।

यस्तो छ पौडेल नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदन

वि.सं.२०७९ जेठ २६ बिहीवार १८:१० मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...