back
CTIZAN AD

ठाकुर ढुंगानाको नेतृत्वमा एनआरएनए युएईको नयाँ कार्यसमिति चयन

वि.सं.२०७९ जेठ २६ बिहीवार

645 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूएईको नेतृत्वमा ठाकुरप्रसाद ढुंगाना चयन भएका छन् ।

सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्ष चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन् ।

‘यूएई एनसीसीमा लामो समयदेखि देखापरेको विवाद अब टुंगिएको छ । धेरै प्रयास र पहलपछि सहमतिका आधारमा नयाँ कार्यसमिति बनाइएको हो । यो कार्यसमितिले आईसीसीसँगको समन्वयमा राम्रोसँग काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ डा. केसीले भनेका छन् ।

केही दिनअघि बर–दुबई कार्लटनको होटलमा संघका मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली) को अध्यक्षता सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष ढुंगाना व्यवसायी हुन् ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा र उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नरेश सेन, मदन अधिकारी, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल, कृष्ण ठाकुर  तथा  महिला उपाध्यक्षमा सोनम श्रेष्ठ चयन भएकी छन् ।

त्यस्तै महासचिवमा दीपक खड्का, सचिवमा पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, वीरेन्द्र नकर्मी, मुन्ना साम्सुल, निरञ्जन खत्री, ताराबहादुर बोहरा र कुमार लम्साल, कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ, सहकोषाध्यक्षमा रमेश गौतम र प्रकाश थापा, युवासंयोजकमा भीम मल्ल ठकुरी, युवा सहसंयोजकमा अपिल भट्टराई र शम्भु पोख्रेल चयन भएका छन् ।
सोहि भेलाले पूर्वअध्यक्षसमेत रहेका रमेश श्रेष्ठलाई प्रमुख संरक्षकको जिम्मेवारी दिएको छ ।
आन्तरिक विवादका कारण एनसीसी यूएईको अधिवेशन पटक–पटक विथोलिएको थियो । विवादकै कारण झण्डै एक वर्षदेखि एनसीसी यूएई नेतृत्वविहीन थियो ।

उक्त भेलामा केन्द्रीय अध्यक्ष डा. केसी, उपाध्यक्ष धर्मराज अधिकारी, युरोप संयोजक ललितकुमार न्यौपाने र रसियाका अध्यक्ष शिवमणि भुर्तेल पनि अतिथिका रुपमा सहभागी भएका थिए ।

 

वि.सं.२०७९ जेठ २६ बिहीवार १७:२९ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...