back
CTIZAN AD

देश छोडेर छिमेकी देशमा शरण लिन पुगेका ५ हजार अफगानी देश फर्किए

वि.सं.२०७९ जेठ २६ बिहीवार

1K 

shares

काबुल । अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन् ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् ।

स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको पश्चिमी निम्रोज र छिमेकी हेरात प्रान्त हुने आ आफ्नो घर तर्फ लागेका हुन् ।

त्यसैगरी पाकिस्तानबाट भने १७३ जना मात्रै स्वदेश फर्किएको मन्त्रालयको दावी छ । उनीहरु अफगानिस्तानको कान्दहर प्रान्तबाट स्वदेश भित्रिएका हुन् ।

मन्त्रालयले वक्तव्य जारी गर्दै उनीहरूको मात्रै विवरण रहेको र विवरणमा समावेश नभएका तर स्वदेश फर्किएका अरु धेरै हुनसक्ने जनाएको छ ।

अन्य विभिन्न देशबाट समेत गरी अफगानिस्तानमा अहिलेसम्म सात लाख ४० हजार शरणार्थी स्वदेश फर्किसकेको दावी गरिएको छ । ‘यो तथ्याङ्क सन् २०२१ को अगस्ट देखिको हो,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानिस्तानमा लामो समयदेखि भएको द्वन्द्वका कारण दशौँ लाख मानिस विस्थापित भएको वा शरणार्थी भएकोमा केही मात्रै फर्किएका हुन् । अरु धेरै फर्किन बाँकी नै छन् । फर्किन बाँकी मध्ये अधिकांशले स्वदेश फर्किन चाहेको बताउने गरेका छन् । उनीहरूले अझै पनि स्वदेश फर्किने वातावरण बनिनसकेको दावी गर्दै फर्किने प्रतीक्षामा रहेको जानकारी दिएका छन् ।सिन्ह्वा

 

वि.सं.२०७९ जेठ २६ बिहीवार २०:२७ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...