back
CTIZAN AD

स्वयंसेवक प्रशिक्षकलाई तालिम

वि.सं.२०७९ जेठ २७ शुक्रवार

771 

shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिवृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राखेपका सदस्य–सचिव टंक लाल घिसिङले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रशिक्षणमा विभिन्न १२ खेलका ३३ स्वयंसेवक प्रशिक्षकको सहभागिता रहेको हाइ पर्फमेन्स कमिटीका सचिव हिमालराज दाहालले जनाएका छन् ।

No description available.

सहभागीलाई रिता प्रजापतिले स्ट्रेन्थ एन्ड कन्डीसनिङ, सुलोचना सिजाख्वाले साइकोलोजी, हीरा पन्तले ट्रनिङ मेथड, डा. ज्ञानेन्द्र शाहले स्पोर्ट्स मेडिसिन र एन्टी डोपिङ तथा हिमालराज दाहालले डिटीपी र एज ग्रुप ट्रनिङ सम्बन्धी प्रशिक्षण दिने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले स्वयंसेवक प्रशिक्षकलाई पनि राखेपले अन्य प्रशिक्षक झै महत्व दिने गरेको महशुस गराउन पहिलो पटक तालिम आयोजना गरिएको बताउदै खेलाडी उत्पादनमा स्वयंसेवक प्रशिक्षकको पनि ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।

तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले स्वयंसेवक प्रशिक्षकलाई पनि अवसर दिनु तालिमको उद्देश्य रहेको बताउदै स्वयंसेवक प्रशिक्षकको स्तरबृद्धिमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिम आइतबार सम्पन्न हुनेछ ।

वि.सं.२०७९ जेठ २७ शुक्रवार ११:०१ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...