काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डमा गएको पहिरोसँगै गाडीमा खसेका २ जनाको शब भेटिएको छ ।
बिहीबार राति सडक भासिएर खसेको उक्त पहिरोसँग बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै खसेको थियो ।
पहिरोमा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा छोप्राक ३ का केशब घिमीरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘मोटरसाइकलमा सवार गोर्खाका केशव घिमीरेको पहिचान खुलेको छ । अर्का १ को शब भेटिएपनि पहिचान खुलेको छैन ।’ डिएसपी खड्काले भने ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक झण्डै करिब २० मिटर सडक भाँसिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।
तनहुँमा सडक भासिएर मस्र्याङदीमा गाडी खस्यो, दुईतर्फी सवारी आवागमन अवरुद्ध
वि.सं.२०७९ जेठ २७ शुक्रवार ११:०१ मा प्रकाशित






























