काठमाडौं । कुमारी बैंक र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्तगर्न सकिनेछ ।
यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लाने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १२:०१ मा प्रकाशित





























