
मुगु । जिल्लामा नयाँ पाठयपुस्तक उपलब्ध नभएको बिषयमा नेपाल बिधार्थी संघ मुगुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
मुगुमा सामुदायिक बिद्यालय संचालन भएको चारसाता सम्म पनि पाठयपुस्तक नपुग्दा १७ हजार बिद्यार्थीको पढाइमा बाधा उत्पन्न भएको भन्दै नेबिसंघले जिल्ला शिक्षा बिकास समन्वय इकाई स्थानीयतह पुस्तक बिक्रेताको ध्यानाकर्षण गराएको हो ।
बिद्यालय खुलेको एक महिना भइसक्दा पनि पाठयपुस्तक उपलब्ध नहुदा मुगुका १७ हजार बिद्यार्थीको पढाइ अन्योल भएको नेपाली बिधार्थी संघका संयोजक सोबिन्द बहादुर मल्लले बताए । जिल्लामा शिघ्ररुपमा पाठ्यपुस्त ढुवानी गरेर पठनपाठन सहज गराइदिन सम्बन्धीत निकायको ध्यानााकर्षण गराइएको मल्लको भनाई छ ।
नेबिसंघ संयोजक मल्लले भने–कोरोना महामारीले तीन बर्षसम्म बिधार्थीले राम्रोसँग पढन पाएनन अहिले फेरि पुस्तक नपाएर बिद्यार्थीको पढाइमा बाधा पुगेको छ ।’
शैक्षिकशत्र सुरु हुनुभन्दा एक महिना अगाबै हिमाली जिल्लामा पाठयपुस्तक पुरयाइ सक्नुपर्ने नियम भएपनि सरकारले अहिलेसम्म मुगुमा पाठयपुस्तक ढुवानी गर्न नसकेको मल्लको आरोप छ ।
गत जेठ २ गतेबाट शैक्षिकशत्र सुरु भइ बिधार्थी भर्ना अभियान सकेर सामुदायिक बिद्यालयमा पठनपाठन सुरु भएपनि सरकारले पाठयपुस्तक उपलब्ध गराउन सकेको छैन ।
नयाँ पाठयपुस्तक नआउदा बिद्यार्थीको पठनपाठन प्रभावित हुन थालेको बुद्ध माध्यमिक बिद्यालयका प्रधानध्यापक टिका प्रसाद उपाध्याय बताउँछन् ।
छायाँनाथ रारा नगरपालिका भित्रका बिद्यालयको लागि जयलक्ष्मी पुस्तक भण्डारले ढुवानीको जिम्मा लिएको छ भने मुगुम कार्मारोङ गाउँपालिका अन्त्र्रगतका बिद्यालयको निम्ति यूके जनरल स्टोरले लिएको छ ।
चुनावले गर्दा समयमै नयाँ पुस्तक ढुवानी गर्न नसकेको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपराइटर जयलक्ष्मी भाम बताउँछन् । उनी भन्छन ‘अबको एक हप्ता भित्र पुस्तक जिल्लामा पुग्छ ।’
जिल्लामा नयाँ पाठयपुस्तक ढुवानीको जिम्मा लिएका कम्पनीले कर्णाली प्रदेश सुर्खेतमा रहेको पुस्तक बिक्री डिपोबाट ल्याउने गरेका छन् ।