back
CTIZAN AD

पाठयपुस्तक बारे मुगु नेबिसंघको ध्यानाकर्षण

वि.सं.२०७९ जेठ २७ शुक्रवार

1.1K 

shares

मुगु । जिल्लामा नयाँ पाठयपुस्तक उपलब्ध नभएको बिषयमा नेपाल बिधार्थी संघ मुगुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

मुगुमा सामुदायिक बिद्यालय संचालन भएको चारसाता सम्म पनि पाठयपुस्तक नपुग्दा १७ हजार बिद्यार्थीको पढाइमा बाधा उत्पन्न भएको भन्दै नेबिसंघले जिल्ला शिक्षा बिकास समन्वय इकाई स्थानीयतह पुस्तक बिक्रेताको ध्यानाकर्षण गराएको हो ।

बिद्यालय खुलेको एक महिना भइसक्दा पनि पाठयपुस्तक उपलब्ध नहुदा मुगुका १७ हजार बिद्यार्थीको पढाइ अन्योल भएको नेपाली बिधार्थी संघका संयोजक सोबिन्द बहादुर मल्लले बताए । जिल्लामा शिघ्ररुपमा पाठ्यपुस्त ढुवानी गरेर पठनपाठन सहज गराइदिन सम्बन्धीत निकायको ध्यानााकर्षण गराइएको मल्लको भनाई छ ।
नेबिसंघ संयोजक मल्लले भने–कोरोना महामारीले तीन बर्षसम्म बिधार्थीले राम्रोसँग पढन पाएनन अहिले फेरि पुस्तक नपाएर बिद्यार्थीको पढाइमा बाधा पुगेको छ ।’

शैक्षिकशत्र सुरु हुनुभन्दा एक महिना अगाबै हिमाली जिल्लामा पाठयपुस्तक पुरयाइ सक्नुपर्ने नियम भएपनि सरकारले अहिलेसम्म मुगुमा पाठयपुस्तक ढुवानी गर्न नसकेको मल्लको आरोप छ ।

गत जेठ २ गतेबाट शैक्षिकशत्र सुरु भइ बिधार्थी भर्ना अभियान सकेर सामुदायिक बिद्यालयमा पठनपाठन सुरु भएपनि सरकारले पाठयपुस्तक उपलब्ध गराउन सकेको छैन ।

नयाँ पाठयपुस्तक नआउदा बिद्यार्थीको पठनपाठन प्रभावित हुन थालेको बुद्ध माध्यमिक बिद्यालयका प्रधानध्यापक टिका प्रसाद उपाध्याय बताउँछन् ।

छायाँनाथ रारा नगरपालिका भित्रका बिद्यालयको लागि जयलक्ष्मी पुस्तक भण्डारले ढुवानीको जिम्मा लिएको छ भने मुगुम कार्मारोङ गाउँपालिका अन्त्र्रगतका बिद्यालयको निम्ति यूके जनरल स्टोरले लिएको छ ।

चुनावले गर्दा समयमै नयाँ पुस्तक ढुवानी गर्न नसकेको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपराइटर जयलक्ष्मी भाम बताउँछन् । उनी भन्छन ‘अबको एक हप्ता भित्र पुस्तक जिल्लामा पुग्छ ।’

जिल्लामा नयाँ पाठयपुस्तक ढुवानीको जिम्मा लिएका कम्पनीले कर्णाली प्रदेश सुर्खेतमा रहेको पुस्तक बिक्री डिपोबाट ल्याउने गरेका छन् ।

 

 

 

वि.सं.२०७९ जेठ २७ शुक्रवार १२:४८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...