काठमाडौं । गरिमा विकास बैंक र सोल्टी होटलबीच सम्झौता भएको छ । बैंक र सोल्टीबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा छुटका लागि सम्झौता भएको हो ।
सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी बिल भुत्तानी गर्ने ग्राहकहरुले काठमाडौंमा रहेको ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा रहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा १० प्रतिशत पाउने छन् ।
बैंकले हाल नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:०२ मा प्रकाशित





























