काठमाडौं । सरकारले एकसातामै २ पटक सार्वजनिक सवारीसाधनको भाडा वृद्दि गरेको छ ।
यसअघि जेठ २० गते सार्वजनिक सवारीसाधनको भाडा बढाएको सरकारले इन्धनको मूल्य अनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढाएको हो ।
सरकारले इन्धनको मूल्य ५ प्रतिशत भन्दा घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक सवारी साधनको भाडा सोहि अनुसार समायोजन गर्न थालेको हो । बिहीबार आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशत वृद्दि गरेसँगै यातायात विभागले यात्रुबाहक सवारी साधनको भाडा २.५ प्रतिशतले बढाएको हो ।
विभागले आजदेखि नै लागू हुनेगरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सन्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम निम्न अनुसार समायोजन गरिएको सूचना जारी गरेको छ ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २.५ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारीसाधनको हकमा ३.७ प्रतिशतत भाडादर वृद्दि भएको हो ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:१२ मा प्रकाशित






























