back
CTIZAN AD

नाडाको सहकार्यमा अटोमोवाइल्स ब्यवसायीलाई प्रशिक्षण

वि.सं.२०७९ जेठ २७ शुक्रवार

702 

shares

बुटवल । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस प्रशिक्षण सम्पन्न भएको छ ।

बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा शुक्रबार आयोजना भएको प्रशिक्षण कार्यक्रममा सदस्य र आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्या सँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखे । उनले सबै क्षेत्रका व्यवसायीको ब्यवसायीक कार्यक्षमता विकास आवस्यक रहेको बताए ।

त्यसैगरी, भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

No description available.

त्यस्तै, भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भि सि टी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यस विषयमा जानकारी हुनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । उनले कर छल्ने प्रवृति पूर्ण रुपमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै कर छलीमा राजश्व अनुसन्धानले सून्य सहन सिलताको नीति अपनाउने धारणा राखे ।

कार्यक्रमका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए ।

कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

 

वि.सं.२०७९ जेठ २७ शुक्रवार १७:२५ मा प्रकाशित

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...