back
CTIZAN AD

करकाे दर परिवर्तन प्रकरण : एमालेले माग्यो सीसीटिभी फुटेज

वि.सं.२०७९ जेठ ३१ मंगलवार

705 

shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् ।

उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनाधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरुले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए ।

तत् पश्चात सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोज्दा एमाले सांसदहरु उठेर विरोध जनाए । सभामुख सापकोटाले बैठक चल्न दिन आग्रह गर्दा पनि एमाले सांसद नमानेपछि कार्यसूचीबाट बाँकी रहेका कारबाही हटाएर भोलि बुधबार ११ बजे बस्नेगरी बैठक स्थगित गरे ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १७:०७ मा प्रकाशित

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...