back
CTIZAN AD

फस्टाउँदै ‘ड्रागन फ्रुट’ रमाउदैं पूर्वमन्त्री विष्ट

वि.सं.२०७९ जेठ ३१ मंगलवार

687 

shares

तुलसीपुर । लामो समय राजनीति गरेका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहेका छन् । उनले लगाएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।

‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनी खुशी छन् । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उनी भन्छन् “यही भएर बिहान खुसीका साथ सबेरै उठ्दा फूलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ ।” ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।

No photo description available.

यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोपेका छन् । उनले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोपेका छन् भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोपेका छन् । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो ।

साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बीचमा ६ लटसम्म वर्षमा फल प्राप्त हुने विष्टको भनाइ छ ।

May be an image of nature

विष्टले वर्सेनि फल दिनेक्रम बढिरहेको बताए । विगतमा ३० क्वीन्टलसम्म फल भित्राउन सफल भएकोमा यसवर्ष ४० क्वीन्टलभन्दा बढी ड्रागन फ्रुट भित्राउने अपेक्षा लिएका छन् । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उनले भने, “त्यसले गर्दा यसवर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ । एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामम्म हुने गरेको उनी बताउछन् । विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहेका छन् ।

May be an image of flower and outdoors

त्यही खेतीबाट उनले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन् । फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । अहिले उनले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन्, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गरे छन् । यसअघि पनि उनी कालो धानको खेती गरेर चर्चामा थिए । उनले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गरेका छन् ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १७:१२ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...