back
CTIZAN AD

नेप्सेमा निरन्तर गिरावट, कुन समूहका लगानीकर्ताले गुमाए नाफा ?

वि.सं.२०७९ जेठ ३१ मंगलवार

612 

shares

काठमाडौं । परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।

१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । यसैक्रममा नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।

परिसूचक उच्च अंकले घटेको दिन मंगलबार कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बिमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् ।

यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको छ ।

मंगलबार बजार उच्च अंकले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १७:१६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...