काठमाडौं । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २३४१ नमुना परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या हालसम्म ९ लाख ७९ हजार २७८ पुगेको छ ।
त्यस्तै आज निको भएका १६ जनासँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार २३३ पुगेको छ ।
त्यसैगरी कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ९३ रहेको छ । ती मध्ये ९२ जना होम र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ लाख ८५ हजार ९०६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी सूचनामा उल्लेखछ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १६:४९ मा प्रकाशित






























