back
CTIZAN AD

४५ वर्षीय लामिछाने खोलानजिकै मृत फेला

वि.सं.२०७३ चैत ९ बुधवार

1K 

shares

९ चैत, त्रिशूली  । ककनी गाउँपालिका–चतुरालेका अमरराज लामिछाने मृत अवस्थामा भेट्टिएका छन् । सोमबारदेखि नै घरबाट सम्पर्कविहीन भएका ४५ वर्षीय लामिछाने मंगलबार बिहान विदुर नगरपालिका–५ मितेरी खोलानजिकै मृत अवस्थामा भेटिएको नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो ।

स्थानीयवासीले देखेपछि पुगेको प्रहरीको टोलीले घटनास्थलमा नै लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो । मृतकका आफन्तले घटना रहस्यमय रहेकाले अपराध भएको हुनसक्ने भन्दै प्रहरीसमक्ष गहन अनुसन्धान गर्न माग गरेका छन् । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाए पनि के कारणले मृत्यु भएको प्रतिवेदन भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, इलामको सूर्याेदय नगरपालिकाका एक व्यक्ति मङ्गलबार मृत अवस्थामा भेटिएका छन् । सूनपा–१३ निवासी ४५ वर्षीय भीम दर्नाल मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार घरबाट निस्किएका दर्नालको शव भिरबाट धेरै तल झरेको अवस्थामा स्थानीयवासीले भेटेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले शव निकाल्न कठिनाइ भएको प्रहरी निरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।

उनको लडेर मृत्यु भएको हो या हत्या भएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ चैत ९ बुधवार ०५:४५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...