back
CTIZAN AD

सप्तरीमा दुईजनाको मृत्यु

वि.सं.२०७३ चैत ९ बुधवार

864 

shares

९ फागुन, राजविराज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्ँिकदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन ।

मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ ।

यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

यसैबीच, सोमबार बेलुका परेको असिनाका कारण सप्तरीको पूर्वी भेगका आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै रुपनगर आँप उत्पादक कृषक समूहले क्षतिपूर्तिको माग गरेका छन् । समूहका अध्यक्ष तीर्थराज पोखरेलले कृषकका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको हो ।

परेको असिनाबाट जिल्लाको पूर्वी तथा उत्तरी भेगको सीतापुर, महुली, जण्डौल, ठेलिया, रुपनगर, धरमपुर, कञ्चनरुप नगरपालिको विभिन्न भागमा लगाइएको आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको थियो । गरिब किसानको हानि–नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्था मिलाई दिनसमेत माग गरिएको छ । रासस

वि.सं.२०७३ चैत ९ बुधवार ०५:४६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...