back

एनआरएनएद्धारा राष्ट्रिय आविस्कार केन्द्रलाई झण्डै १३ लाख सहयोग

वि.सं.२०७९ असार ८ बुधवार

735 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समाजसेवी महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई झण्डै १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनआरएनएको सचिवालयमा आयोजित हस्तान्तरण कार्यक्रममा संस्थाले १२ लाख ८७ हजार ५८० रुपैयाँ ४८ पैसा (बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा) को चेक डा. महाविर पुनलाई हस्तान्तण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गरेका थिए ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए ।

त्यस्तै डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्दै विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताए ।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्नेमा उनले जोड दिए । पुनले गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्न बताए ।

कार्यक्रमको अन्त्यमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

अध्यक्ष आर्चायले विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको भन्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।
गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाको संचालन रहेको उक्त कार्यक्रममा विभिन्न मुलुकबाट आएका आइसिसि तथा एनसिसिका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

वि.सं.२०७९ असार ८ बुधवार १५:४२ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...

पेट्रोलियम पदार्थको मूल्य समायोजन

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको...

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...