back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ ३ शनिवार

969 

shares

हृषीकेश बराल, पोखरा –२६ कास्की

खोज्छु आफन्त छैनन् पीडा हुँदै छ
जिन्दगी काट्नलाई धामा हुँदै छ ।

गीत कविता गजल नाटक पढ्छु जसका
वर्णविन्यास तोड्ने भाषा हुँदै छ ।

बन्द उद्योग खोल्ने सरकारले हो
बुझ्छ को राष्ट्रलाई घाटा हुँदै छ ।

वेदनाले रुवायो मन हाँस्नु कसरी
शोकले तन घटाई आधा हुँदै छ ।

प्रेम गर्दा ग¥यौ वाचा साथ जिउने
आज छाड्यौ अचानक धोका हुँदै छ ।

बहर : असम
अर्कान : फाइलातुन् , मुफाईलुन् , फाइलातुन्
वजन :२१२२ – १२२२ – २१२२
काफिया : आ (स्वर)
रदिफ : हुँदै छ
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...