back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ ३ शनिवार

1.1K 

shares

भूपाल अधिकारी, विराटनगर

छ अभिनय गर्न जसको खुबै दख्खल गजबको
तिनैले मात्र गर्थे सधैँ नक्कल गजबको

सही उपयोग गथ्र्यो सबै चिजको हमेसा
थियो उत्तम उसैको कला कौशल गजबको

सधैँभर उसले कीर्तन भजनमा लाग्नलाई
निकै हेरी विचारी किन्यो मादल गजबको

निसानी सम्झिँदै फूलको साटो कसैले
प्रियालाई बनाई दियो पायल गजबको

बगाई खुन हदै जो सदा गथ्र्यो कडा श्रम
उसैलाई अहिल्यै मिल्यो प्रतिफल गजबको

बहर : अरिज
वजन : १२२२ – १२२ – १२२२ – १२२
अर्कानः मुफाईलुन् , फऊलुन् , मुफाईलुन् , फऊलुन्

काफिया : अल
रदिफ : गजबको
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...