back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ ३ शनिवार

1.1K 

shares

मिरा ज्ञवाली ( आस्था )
कीर्तिपुर , काठमाडौँ

वचनले मेरो दिल जलायो कसैले
दिई आस नौलो हँसायो कसैले

थियो नाउ डुब्दै मेरो जिन्दगीको
पिई आँसु हरदम बचायो कसैले

समयले दिएको थियोे घाउ मनमा
निडर बन्न आफैँ सिकायो कसैले

मिलेका निकै नै थिए दाजुभाइ
लगाएर चुक्ली फुटायो कसैले

छ कोही सधैँ छल गरी बस्न खोज्दै
भलो मात्र मेरो चितायो कसैले

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
अर्कान : १२२ – १२२ – १२२ – १२२
काफिया : आयो
रदिफ : कसैले
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...