back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ माघ ३ शनिवार

1.2K 

shares

कला ढकाल, झापा

पीडा दिएर
गयो निष्ठुरी त्यो
खुशी लिएर ।१।

आँखाको आँसु
सकिएन कहिल्यै
कसरी हाँसू ?२?

मन खोलेर
कसैलाई नदिनू
जान्छ छोडेर ।३।

नेपाली सान
शिरमा सजाएमा
हुन्छ है मान ।४।

सत्कर्म गरे
आशीर्वाद मिल्नेछ
अगाडि सरे ।५।

मेल नखाने
आ–आफ्नो छ कहानी
साँच्चिकै माने ।६।

ज्ञान लिएर
नसकिने कहिले
केहि दिएर।७।

रीस गर्दछ
जो जो धेरै अर्काको
पछि पर्दछ।८।

कुरा काटेर
नबस्नू है कसैले
मान्छे ढाटेर।९।

म गलिसके
लाग्दैछ बाँच्दिन नै
खै थलिसके।१०।

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...