back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ माघ ३ शनिवार

1.3K 

shares

रुना कर्माचार्य दाहाल, चितवन

१.

सर्वज्ञानी आफैँलाई बुझेर
असत्य बोल्छन् यहाँ
पर्दा पछाडि लुकेर ।

२.
समय वेगले बहन्छ
निष्ठुरी यो पापी
आफ्नो गतिमा रहन्छ ।

३.
खुसी कहाँ भेटिन्छ ?
हरेक वस्तुले पलभरको
केवल तृष्णा मेटिन्छ ।

४.
मान्छेबाट मानवता हरायो
छुवाछुत, जातीय विभेदले
दानवको रूप पलायो ।

५.
गौरवशाली राष्ट्र नेपाल
प्राकृतिक विविधताले सजिएको
तराई, पहाड, हिमाल ।

६.
मनाउँछौँ धेरै चाडपर्व
माटो, भाषा, संस्कृति
हाम्रो पहिचान गर्व ।

७.
विविधताभित्र एकताको शक्ति
आपसी सद्भाव, मेलमिलापले
गरौँ देशको भक्ति ।

८.
देश हाम्रो स्वाभिमान
बहुजाति, बहुभाषा, बहुसंस्कृति
मेलमिलाप हाम्रो पहिचान ।

९.
भिडभाडले थाकेको मन
आवाज सुन्न आफ्नै
एकान्तमा जानू जन ।

१०.
आजभोलि लाग्छ जाउ
एकान्तमा आत्मासँगको मित्रता
आफैँलाई भेट्ने ठाउँ ।

वि.सं.२०८२ माघ ३ शनिवार ०८:०१ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...