back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ ४ आइतवार

750 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बढ्ने दिन हो । नयाँ काम सुरु गर्ने सोच बनिरहेको छ भने समय अनुकूल छ । कामकाजमा सक्रियता देखिनेछ । पारिवारिक साथ–समर्थनले मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्यका साथ अघि बढ्नुपर्ने दिन हो । आर्थिक पक्ष सामान्य रहनेछ । अनावश्यक खर्चबाट टाढा रहनु राम्रो हुन्छ । घरपरिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज संवाद र भेटघाटबाट फाइदा हुने दिन हो । नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ । लेखन, अध्ययन र बौद्धिक काममा सफलता मिल्ने संकेत छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा सन्तुलन कायम रहनेछ । घरायसी काममा व्यस्तता बढ्न सक्छ । आफन्तसँगको सम्बन्ध अझ मजबुत बन्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्नेछ । आत्मविश्वास बढे पनि अहंकारबाट जोगिनु राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको दिन हो । साना काममा अलमल हुन सक्छ तर निरन्तर प्रयासले परिणाम अनुकूल आउनेछ । स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन कायम राख्नुपर्ने दिन हो । दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ । आर्थिक निर्णय गर्दा सोचविचार गर्नु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरा बाहिर नल्याउनु राम्रो हुन्छ । धैर्य र विवेक अपनाउँदा परिस्थिति अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ योजना र अवसर देखा पर्ने दिन हो । यात्रा वा भेटघाटबाट लाभ मिल्न सक्छ । आत्मविश्वास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता आउने संकेत छन् । वरिष्ठ व्यक्तिको सहयोग वा सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक काममा सहभागिता बढ्न सक्छ । मित्रहरूको साथ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक सोच बढ्ने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । धैर्यका साथ निर्णय लिनु राम्रो हुन्छ ।

२०८२ माघ ४ गते, आइतबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ ४ आइतवार ०८:०५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...