back
CTIZAN AD

मन्त्री हेरफेरको विषयले एसभित्र विभाजन : सचिवालय एकातिर, मन्त्रीहरु अर्कोतिर

वि.सं.२०७९ असार ९ बिहीवार

858 

shares

काठमाडौं । सरकारमा सहभागि मन्त्रीहरु हेरफेर गर्ने निर्णयसँगै एकीकृत समाजवादीभित्र विभाजनको अवस्था देखिएको छ । पार्टी निर्णयलाई मन्त्रीहरुले मान्न अस्वीकार गरेसँगै यस्तो अवस्था देखिएको हो । एकीकृत समाजवादीभत्र सचिवालय कमिटी एकातिर र मन्त्रीहरु अर्कोतिर देखिएका छन् । निर्णय गराइसकेका अध्यक्ष माधवकुमार नेपाल निर्णय कार्यान्वयन नभएसँगै अप्ठ्यारोमा परेका छन् ।

बताइअनुसार मन्त्रीहरुलाई मनाउन अध्यक्ष नेपालले गरेका पटक–पटकका छलफल अर्थहिन बनिरहेका छन् । गत शुक्रबार मन्त्रीहरुलाई मनाउन अध्यक्ष नेपालले आफ्नै निवास कोटेश्वरमा बैठक बोलाएका थिए । तर, कोटेश्वर बैठकमा सहभागि मन्त्रीहरुले फिर्ता हुने पार्टी निर्णयप्रति कडा आपत्ति जनाए ।

बताइएअनुसार मन्त्री फेर्ने निर्णयप्रति अध्यक्ष माधव निकट नै भनिएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले तिव्र आपत्ति जनाएका थिए । उनीहरुले विना कारण हटाउने निर्णय गर्दा आफुँहरुसँगै पार्टीको प्रतिष्ठा पनि धुलिसात हुने बताएका थिए । मन्त्री झाँक्रीले “बल्ल काम सुरु भएको भन्दै हट्न नमिल्ने” स्पष्ट पारेकी थिइन् ।

अधिकांश मन्त्रीहरुले फिर्ता हुन अस्वीकार गरेको भएपनि केहीले सर्तसहित फिर्ता हुन तयार रहेको बुझिएको छ । मन्त्रीहरुले अहिले सिफारिस नामहरु फेर्नुपर्ने पनि सर्त राखेका छन् । समानुपातिक र समावेशी अवधारणाअनुसार मन्त्रीमण्डल पुनर्संरचना हुनुपर्ने उनीहरुको माग छ । मन्त्री झाँक्रीले बराबरी हैसियतमै महिला मन्त्री बनाइनुपर्ने माग राखेकी छिन् ।

मन्त्रीहरुले सर्त राखेपछि छलफल भने बिना निष्कर्ष टुंगीएको थियो । अध्यक्ष नेपालले पार्टीमा थप छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

मन्त्रीहरुलाई देउवाकाे ढाडस

प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले मन्त्री हेरफेर गर्ने पक्षमा छैनन् । देउवाले एकीकृत समाजवादीका नेताहरुसँग बजेट अधिवेशन समापन हुनुपर्ने अडान राख्दै आएका छन् । तर, देउवालाई मन्त्री हेरफेर गर्दा एस विभाजित हुनसक्ने चिन्ता रहेको बुझिएको छ । देउवाले गठबन्धनको बैठकमा पनि एसभित्रको विभाजनले सरकारलाई संकटमा ल्याउनसक्ने चिन्ता व्यक्त गरेका थिए ।

देउवाले एसले मन्त्री हेरफेर गर्दा अन्य पार्टीभित्र पनि हेरफेर गर्नुपर्ने दबाब आउने र त्यसले समस्या सिर्जना गर्ने बताइरहेका छन् । अहिले एससँगै सत्ता साझेदार सबै दलमा मन्त्री हेरफेरको विषयमा चर्चा छ । माओवादी केन्द्र र जसपाभित्र यसले थप विवाद जन्माएको छ । देउवा मन्त्रीकै कारण पार्टीहरुभित्र समस्या आउन सक्ने बुझाइअनुसार हेरफेरको पक्षमा नदेखिएको बुझिएको छ ।

एसको निर्णय बाहिरिएसँगै आफुलाई भेट्न पुगेका मन्त्रीहरुलाई पनि देउवाले हेरफेर हुने निर्णय कार्यान्वय नहुने आश्वासन दिएका थिए ।

वि.सं.२०७९ असार ९ बिहीवार १३:१० मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...