back
CTIZAN AD

आमाहरुको हिम्मत : ऋण खोजेर बस सञ्चालनमा ल्याए

वि.सं.२०७३ चैत ९ बुधवार

972 

shares

९ चैत, लमजुङ (बेसीशहर)  । लमजुङ नाल्मा गाउँका आमासमूहले आफ्नै सक्रियतामा बस सञ्चालन गरेका छन् ।   बेसीशहर नगरपालिका नाल्मास्थित खुन्द्रुदेवी आमा समूहले गाउँदेखि सदरमुकाम बेसीशहर बजारसम्मका लागि बस किनेर सञ्चालन गरेका हुन् ।

यातायातको अभावमा गाउँलेलाई सदरमुकामलगायत अन्यत्र जान समस्या भएपछि स्थानीय आमासमूहले ऋण खोजेर भएपनि बस खरिद गरेर सेवा सञ्चालन गरेको खुन्द्रुदेवी आमा समूहका अध्यक्ष त्रिकाशी गुरुङले बताउनुभयो ।

गाउँमा बस सञ्चालनका लागि सो आमा समूहले करिब रु ३७ लाख खर्च गरेका छन् । करिब रु. ३५ लाखमा बस खरिद गरेको र त्यसबाहेक करिब रु. दुई लाख रुट इजाजतका लागि तिर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

समूहमा जम्मा भएका वाहेक रु. ३० लाख ऋण खोज्न बाध्य भए, अध्यक्ष गुरुङले भन्नुभयो – बस खरिद गरेर पनि बाटो फराकिलो नहुँदा एक महिना थन्किएको थियो ।

“बस किनेको एक महिना भयो, गाउँनिरको पाँच घुम्ती साँघुरो भएका कारण एक महिनासम्म चलाउनै पाइएन” उहाँले भन्नुभयो “अहिले घुम्तीको बाटोलाई फराकिलो बनाएपछि बस सञ्चालनमा आएको छ, यसबाट गाउँलेलाई यात्रा गर्न सहज भएको छ ।”

नाल्माका स्थानियबासीले आफ्नै लगानीमा गाउँसम्म पुग्ने मोटरबाटो बनाएका छन् । साविकको गाउँशहर काउलेपानीदेखि नाल्मा गाउँसम्मको सडक ट्रयाक खोल्न स्थानीयले सहयोग एवम् चन्दा सङ्कलन गरी ५० लाखभन्दा बढी लगानी गरेको अध्यक्ष गुरुङले बताउनुभयो । रासस

वि.सं.२०७३ चैत ९ बुधवार १५:०७ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...