back
CTIZAN AD

कीभको क्षेप्यास्त्र कारखानामा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको दावी

वि.सं.२०७९ असार १२ आइतवार

726 

shares

मस्को ।  रूसले क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले दावी गरेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहानै यूक्रेनी राजधानी कीभस्थित क्षेप्यास्त्र कारखानामा प्रहार गरेको हो ।

रूसी रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “आर्टयोम कारखाना ‘सैन्य आधारभूत संरचनाको लक्ष्य थियो’ । यद्यपि यूक्रेनी वायु रक्षा प्रणालीले आक्रमणको प्रतिरक्षा गर्दा नजिकैको आवासीय भवनमा क्षति पुगेको छ ।”

रूस–यूक्रेन युद्ध सुरू भएको करिब पाँच महिना पुग्न लाग्दासम्म पनि दुई देशबीचको युद्ध रोकिने कुने सङ्केत देखिएको छैन । योबीचमा दुबै पक्षका गरी हजारौँ व्यक्तिको मृत्यु भएको अनुमानहरू गरिएको छ । यद्यपि युद्धका कारण क्षतिको वास्तविक लेखाजोखा भने आउन सकेको छैन ।

शनिवार यूक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई ‘पूर्ण रूपमा कब्जा गरेको’ बताएको थियो । रूसले पूर्वी यूक्रेनको उक्त सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो ।

शनिवार साँझको भिडिओ सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका ‘आफ्ना सबै सहरहरू’ फिर्ता लिने दाबी गरेका छन् ।

तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए ।एएफपी

वि.सं.२०७९ असार १२ आइतवार २१:११ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...