काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्।
माओवादी केन्द्र प्रवेश गर्नेमा पुनसहित ६७ जना सदस्यहरु छन् । केही दिन अघि माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित समूहले सामूहिक राजीनामा दिएका थिए। राजीनामा लगत्तै उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
यी हुन् माओवादी केन्द्र प्रवेश गरेका नेताहरू



याे पनि हेर्नुहाेस्
वि.सं.२०७९ असार १५ बुधवार १२:३५ मा प्रकाशित






























