काठमाडौं । नेपाली सेनाले लेख-रचना प्रतियोगिताको लागि आवेदन दिने समयसीमा थप गरेको छ । सेनाले “खुला सामरिक लेख-रचना प्रतियोगिता-२०७९” को लागि आवेदन दिने समयसीमा थप गरेको हो ।
सेनाले हरेक वर्ष “महाशिवरात्री तथा सेना दिवस” को उपलक्ष्यमा “खुला सामरिक लेख-रचना प्रतियोगिता” सञ्चालन गरी “युनिटी जर्नल” प्रकाशन गर्दै आएको जनाएको छ ।
उक्त कार्यको निरन्तरता स्वरुप यस बर्षको “महाशिवरात्री तथा सेना दिवस-२०७९” को उपलक्ष्यमा आयोजना गरिने “खुला सामरिक लेख-रचना प्रतियोगिता-२०७९”मा सहभागी हुन ईच्छुकहरुले आवेदन पेश गर्ने समयावधि थप गरी मिति यहि असार २८ गतेसम्म कायम गरिएको सेनाले जनाएको छ ।
वि.सं.२०७९ असार १५ बुधवार १२:४३ मा प्रकाशित






























