back
CTIZAN AD

दुरसञ्चारको भन्दा वर्ल्डलिंकका ग्राहक झण्डै तेब्बरले बढी

वि.सं.२०७९ असार १५ बुधवार

699 

shares

काठमाडौं । इन्टरनेट सेवा विस्तारमा वर्ल्डलिंक कम्युनिकेसन निकै आक्रामक देखिएको छ । वर्ल्डलिंकले एक वर्षमै १ लाख ५१ हजार ६३१ ग्राहक थप गरेको छ । २०७८ वैशाखसम्म ४ लाख ७८ हजार ६४८ इन्टरनेट प्रयोगकर्ता भएकोमा वर्ल्डलिंकले गत चैतसम्म आउँदा ६ लाख ३० हजार २७९ ग्राहक संख्या पुर्‍याएको छ ।

वर्ल्डलिंकले पछिल्लो समय फाइबर इन्टरनेट प्रयोगकर्तालाई विशेष चासो दिएर बढाएको छ । वर्ल्डलिंकले वायरलेस र केवल इन्टरनेट प्रयोगकर्ता क्रमिक रुपमा घटाउँदै लगेको छ । पछिल्लो एक वर्षमा वर्ल्डलिंकमा थपिएका सबैजसो नयाँ प्रयोगकर्ता फाइबर इन्टरनेट प्रयोगकर्ता हुन् ।

दुरसञ्चार धेरै सुस्त

सरकारी लगानीमा सञ्चालित दुरसञ्चार प्राधिकरणको भन्दा वल्र्डलिंकले करिब तेब्बर ग्राहक पुर्‍याएको छ । २०७८ वैशाखसम्म दुरसञ्चारका भन्दा १ लाख ८४ हजार ८६८ बढी ग्राहक बनाएको वर्ल्डलिंकले एकै वर्षमा डेढ लाख बढी ग्राहक थप्दै दुरसञ्चारभन्दा ३ लाख ३१ हजार ८८८ बढी ग्राहक बनाएको हो ।

यो अवधिमा दुरसञ्चार भने निक सुस्त देखिएको छ । वर्ल्डलिंकले झण्डै दुइ लाख ग्राहक थप्दा दूरसञ्चारले भने मुस्किलले ५ हजार ग्राहक बढाएको छ ।

सम्बन्धित समाचार

एक वर्षमा थपिए ५ लाख इन्टरनेट प्रयोगकर्ता, कसका ग्राहक कति ?

वि.सं.२०७९ असार १५ बुधवार १५:४५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...