back

दुरसञ्चारको भन्दा वर्ल्डलिंकका ग्राहक झण्डै तेब्बरले बढी

वि.सं.२०७९ असार १५ बुधवार

111 

shares
NTC AD
Global IME AD

काठमाडौं । इन्टरनेट सेवा विस्तारमा वर्ल्डलिंक कम्युनिकेसन निकै आक्रामक देखिएको छ । वर्ल्डलिंकले एक वर्षमै १ लाख ५१ हजार ६३१ ग्राहक थप गरेको छ । २०७८ वैशाखसम्म ४ लाख ७८ हजार ६४८ इन्टरनेट प्रयोगकर्ता भएकोमा वर्ल्डलिंकले गत चैतसम्म आउँदा ६ लाख ३० हजार २७९ ग्राहक संख्या पुर्‍याएको छ ।

वर्ल्डलिंकले पछिल्लो समय फाइबर इन्टरनेट प्रयोगकर्तालाई विशेष चासो दिएर बढाएको छ । वर्ल्डलिंकले वायरलेस र केवल इन्टरनेट प्रयोगकर्ता क्रमिक रुपमा घटाउँदै लगेको छ । पछिल्लो एक वर्षमा वर्ल्डलिंकमा थपिएका सबैजसो नयाँ प्रयोगकर्ता फाइबर इन्टरनेट प्रयोगकर्ता हुन् ।

दुरसञ्चार धेरै सुस्त

सरकारी लगानीमा सञ्चालित दुरसञ्चार प्राधिकरणको भन्दा वल्र्डलिंकले करिब तेब्बर ग्राहक पुर्‍याएको छ । २०७८ वैशाखसम्म दुरसञ्चारका भन्दा १ लाख ८४ हजार ८६८ बढी ग्राहक बनाएको वर्ल्डलिंकले एकै वर्षमा डेढ लाख बढी ग्राहक थप्दै दुरसञ्चारभन्दा ३ लाख ३१ हजार ८८८ बढी ग्राहक बनाएको हो ।

यो अवधिमा दुरसञ्चार भने निक सुस्त देखिएको छ । वर्ल्डलिंकले झण्डै दुइ लाख ग्राहक थप्दा दूरसञ्चारले भने मुस्किलले ५ हजार ग्राहक बढाएको छ ।

सम्बन्धित समाचार

एक वर्षमा थपिए ५ लाख इन्टरनेट प्रयोगकर्ता, कसका ग्राहक कति ?

वि.सं.२०७९ असार १५ बुधवार १५:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...