काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।
निगमद्धारा जारी मूल्य सूची अनुसार पेट्रोलमा २ रुपैयाँ बढेर प्रतिलिटर १८१ रुपैयाँ, मट्टीतेल र डिजेलमा ९ रूपैयाँ बढाएर प्रतिलिटर १७२ रुपैयाँ पुर्याएको छ । साथै हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढेर १९० रूपैयाँ लिटर पुगेको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाएको बताएको निगमले एलपी ग्यासको मूल्य भने एक हजार ८ सय रूपैयाँ नै रहेको रहेको जनाएको छ । साथै पेट्रोलियम खरिद गरेको बक्यौता रकम बढ्दै जाने देखिएकोले आपूर्ति व्यवस्था सहज बनाई राख्न दिन प्रतिदिन निगमलाई चुनौती थपिदै गएको समेत निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निगमले यसअघि असार ११ गते पेट्रोलमा एकैपटक २० रुपैयाँ बढाएर प्रतिलिटिर १९९ पुर्याएकोमा त्यसको चौतर्फि विरोध भएपछि २० रुपैयाँ घटाएको थियो ।

इन्धनमा कोटा प्रणाली तथा सवारी साधनमा जोर–विजोर लागू गर्न प्रस्ताव
वि.सं.२०७९ असार २० सोमवार २१:३३ मा प्रकाशित






























