back
CTIZAN AD

प्रसिद्ध लेखिका तसलिमा द्धारा दामोदरको ‘धर्मको ह्याङओभर’ लोकार्पण

वि.सं.२०७३ चैत १० बिहीवार

825 

shares

hangoverकाठमाडौं । प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति ‘धर्मको ह्याङओभरु एक भव्य समारोहका वीच लोकार्पण गर्नु भएको छ ।
काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाका बीच वसेकी अन्तराष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका बिकृति बिसंगतिहरुको बिरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताउनु भयो । उहाँले शक्तिको आडमा खराब काम गर्ने बिरुद्ध लेख्नु लेखकको मूख्य धर्म हो, समाजको हितको लागि जस्तोसुकै जोखिम मोल्न पनि लेखक डराउनु हुंदैन भन्नु भयो ।
उहाँले नेपाली साहित्य लेखनमा बरिष्ठ साहित्यका दामोदर पुडासैनी ुकिशोरु को विशेष स्थान रहेको र उहांजस्ता लेखकको ुधर्मको ह्याङओभरु जस्तो कृतिले धर्मको आधारमा समाजमा विद्यमान बिकृति हटाउन असाध्यै राम्रो भूमिका खेल्ने कुरा बताउनु भयो । यस कृतिमा पुडासैनीले निर्भिकतापूर्वक, तथ्य र प्रमाणका आधारमा धार्मिक बिकृृतिका उजागर गर्नु भएको कुरा उहाँले बताउनु भयो ।

नेपालमा अहिलेसम्म पनि पशु बली दिने, महिलाहरुलाई मन्दिरमा चढाउने, छाउपडीको नाममा महिलालाई शोषण गर्ने, दाइजो प्रथा जस्ता कुरितीहरु प्रचलनमा रहनु दुःखको कुरा हो, त्यस्ता कुरिती नहटाएसम्म समाज सुधार हुन सक्तैन । पुडासैनीको ‘धर्मको ह्याङओभर’ धार्मिक पाखण्डीहरु बिरुद्ध दह्रिलो हतियार भएकोले यो कृति गाउँ गाउँसम्म पु¥याउन जरुरी छ भन्नु भयो । नेपालमा पहिलो पटक नेपाली लेखकको कृति आफ्नो हातवाट लोकार्पण गर्न पाउनु खुशीको कुरा हो भन्ने पनि उहांले सो अवसरमा बताउनु भयो ।
सो अवसरमा ुधर्मको ह्याङओभरु का लेखक दामोदर पुडासैनी किशोरले आफुले धर्मको नभै धार्मिक बिकृतिहरुको बिरोध गरेको र धर्मको नाममा जोडिएका अँध्यारा पक्षहरु मेट्न यस्तो कृति लेखेको कुरा बताउनु भयो ।

वि.सं.२०७३ चैत १० बिहीवार ०६:०० मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...