back

प्रसिद्ध लेखिका तसलिमा द्धारा दामोदरको ‘धर्मको ह्याङओभर’ लोकार्पण

वि.सं.२०७३ चैत १० बिहीवार

627 

shares

hangoverकाठमाडौं । प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति ‘धर्मको ह्याङओभरु एक भव्य समारोहका वीच लोकार्पण गर्नु भएको छ ।
काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाका बीच वसेकी अन्तराष्ट्रिय ख्यातिप्राप्त लेखिका तसलिमाले समाजमा रहेका बिकृति बिसंगतिहरुको बिरुद्ध डटेर लेख्न लेखक निर्भिकतापूर्वक लाग्नुपर्ने बताउनु भयो । उहाँले शक्तिको आडमा खराब काम गर्ने बिरुद्ध लेख्नु लेखकको मूख्य धर्म हो, समाजको हितको लागि जस्तोसुकै जोखिम मोल्न पनि लेखक डराउनु हुंदैन भन्नु भयो ।
उहाँले नेपाली साहित्य लेखनमा बरिष्ठ साहित्यका दामोदर पुडासैनी ुकिशोरु को विशेष स्थान रहेको र उहांजस्ता लेखकको ुधर्मको ह्याङओभरु जस्तो कृतिले धर्मको आधारमा समाजमा विद्यमान बिकृति हटाउन असाध्यै राम्रो भूमिका खेल्ने कुरा बताउनु भयो । यस कृतिमा पुडासैनीले निर्भिकतापूर्वक, तथ्य र प्रमाणका आधारमा धार्मिक बिकृृतिका उजागर गर्नु भएको कुरा उहाँले बताउनु भयो ।

नेपालमा अहिलेसम्म पनि पशु बली दिने, महिलाहरुलाई मन्दिरमा चढाउने, छाउपडीको नाममा महिलालाई शोषण गर्ने, दाइजो प्रथा जस्ता कुरितीहरु प्रचलनमा रहनु दुःखको कुरा हो, त्यस्ता कुरिती नहटाएसम्म समाज सुधार हुन सक्तैन । पुडासैनीको ‘धर्मको ह्याङओभर’ धार्मिक पाखण्डीहरु बिरुद्ध दह्रिलो हतियार भएकोले यो कृति गाउँ गाउँसम्म पु¥याउन जरुरी छ भन्नु भयो । नेपालमा पहिलो पटक नेपाली लेखकको कृति आफ्नो हातवाट लोकार्पण गर्न पाउनु खुशीको कुरा हो भन्ने पनि उहांले सो अवसरमा बताउनु भयो ।
सो अवसरमा ुधर्मको ह्याङओभरु का लेखक दामोदर पुडासैनी किशोरले आफुले धर्मको नभै धार्मिक बिकृतिहरुको बिरोध गरेको र धर्मको नाममा जोडिएका अँध्यारा पक्षहरु मेट्न यस्तो कृति लेखेको कुरा बताउनु भयो ।

वि.सं.२०७३ चैत १० बिहीवार ०६:०० मा प्रकाशित

Himalayan Life AD
निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

देवदह (रुपन्देही) । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र...

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

  काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...