back
CTIZAN AD

आमा, शरीरबिनाको मनसँग एकोहोरो बार्ता गर्नु के अर्थ हुन्छ र ?

वि.सं.२०७३ चैत १० बिहीवार

951 

shares

 letter2आमा, आज चिठ्ठी लेखाईको सुरुवातको औपचारिकता बिना नै हजुरलाई सार्वजनिक रुपमा विदेशबाट पहिलो पत्र कोर्न गैरहेको छु । आमा, आफ्नो प्यारो घरआँगन र देशको याद त यहाँ आएदेखिनै आइरह्यो तर ती सारा सम्झनाहरुलाई सक्दो मनको दराजभित्र बन्द गरेर भोटे ताल्चा लगाएर राखेँ । किनकि मैले बिदेशमा भोग्नु परेका दुःखहरु सुनाएर कसैलाई पनि रुवाउन चाहन्नथे  । तर, आज हजुरको न्यानो ममतामयी वात्सल्यमा टाउको राखेर धेरै रुन मन लागिरहेछ । यहाँ सम्मकी लामो समयसम्म आमाको दुध पिउन नपाएको नाबालक जसरी मलाई निरन्तर डाँको डाँको छोडेर रुन मन लागिरहेछ । मन खोलेर भन्न मन लागिरहेछ । आमा, बिन्ती यो बिदेसिएको छोरालाई तीम्रो त्यो काखमा एक निन्द्रा कल्पनामै भएपनि मलाई यो पाँच बर्षसम्म लाचार भई यो बिदेशमा सहनुपरेका सारा दुःख, तिरस्कार र अपमानहरुलाई बिर्सिएर आत्म सम्मान र आत्म सन्तुष्टिका साथ निदाउन देउ । आफ्नो देशमा र आफ्नोको माझमा नहुँदा कति एक्लो र अपहेलित भईदोरहेछ अनुभव भन्ने गरेको छु  । यी मेरा मनका सारा अनुभूतिहरुलाई आँसुको रुपमा नयनबाट आज बगाउन देउ ।

आमा, विदेश यहाँ त मान्छेका मनहरु लाग्छ ढुङ्घा नै हो, कहिले त लाग्छ चोट दिने र रेट्ने तरवारको धार नै हो । त्यो हाम्रो पारिवारिक गरीबी र आर्थिक अभावको सीमाहरु मेट्न म निरन्तर यो धारद्धारा रेटिरहे । दिनरात नभनी, भोक प्यास नभनी काम गरिरहो आजसम्म । तर, यो कस्तो दुर्भाग्य ! त्यो हाम्रो घरको खरको छानो नयाँ फेर्ने मेरो सानो इच्छा आजसम्म पनि इच्छा नै बनेर रह्यो ।

यो विदेशमा पटकपटक अपमानित भएर आफ्नो आत्मसम्मानमा ठेस पु¥याएर, स्वभीमानको बली चढाएर अब मलाई यहाँ बस्न कत्ति मन छैन । त्यसैले यहाँ आउनुपूर्व मैले देखेका सारा सपनाहरु र सारा योजनाहरुलाई एक कुनामा थन्काएर घर फर्कने निर्णय गरेको छु । आफु नै देशमा परिश्रम गरी स्वभीमानी र सम्मानित जीवन जिउन चाहन्छु ।

गरीबीमा नै फुट्दोरहेछ क्यारे समस्याहरुको मुहान । त्यसैले त एउटा आर्थिक समस्या हल नहुँदै अर्को समस्या मूल ढोकामै आएर उभिएको हुन्छ । बाल्यकालदेखि नै दुर्भाग्यको बिस्तरामा दुःखको तन्ना बिछ्याएर दैनिक अभाव र समस्याको सिरक ओढी आँसुरुपी सिरानीमा लाससरह पल्टिएको देहमा आशाहरु भरी प्रवासको बासलाई निरन्तरता दिइरह्यो । धेरै साहस र हिम्मत जुटाएर जिन्दगीमा अगाडि बढिरहेँ ।

आमा, विद्धानहरु भन्ने गर्छन् माया,प्रेम, आफ्नोपन जस्ता अनमोल भावहरुको सम्बन्ध केवल मनसँग हुन्छ भौतिक शरीरसँग होइन तर आज यी सुन्दर वाक्यको विपरीत गएर मलाई भन्न मन लागिरहेछ । आमा, शरीरबिनाको मनसँग एकोहोरो बार्ता गर्नु के अर्थ हुन्छ र ? जबकी हामी त्यो देहबिनाको मनबाट कुनै प्रतिक्रिया र प्रतिउत्तर पाउन सक्दैनौँ । यो बिदेशीभूमिमा आज म आफैँलाई अत्यन्त एक्लो महसुस गरिहेछु । आमा, सम्भव भए आज म हजुरको भौतिक शरीरलाई स्पर्श गर्न चाहान्छु । हजुरको अँगालोमा बाँधिएर मनका सारा पीडाहरु पोख्न चाहान्छु । तर मलाई थाह छ, यो सम्भव छैन किनकि हामी एकअर्का देखि भौतिक रुपमा धेरै टाढा छौं ।

यो विदेशमा पटकपटक अपमानित भएर आफ्नो आत्मसम्मानमा ठेस पु¥याएर स्वाभीमानको बली चढाएर अब मलाई यहाँ बस्न कत्ति मन छैन । त्यसैले यहाँ आउनुपूर्व मैले देखेका सारा सपनाहरु र सारा योजनाहरुलाई एक कुनामा थन्काएर घर फर्कने निर्णय गरेको छु । आफ्नै देशमा परिश्रम गरी स्वाभीमानी र सम्मानित जीवन जिउन चाहान्छु । आमा,मलाई आशिस दिनुहोस ताकि म मेरो पसिना र परिश्रमले सफलताको शिखर चुम्न सकूँ । मेरै देशमा केही गरी सबैलाई देखाउन सकूँ ।

उही तपाइको प्यारो छोरा

वि.सं.२०७३ चैत १० बिहीवार ०५:२६ मा प्रकाशित

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलियाले गल्छी घटनाको वास्तविकता सार्वजनिक...

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...