back
CTIZAN AD

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

वि.सं.२०७९ असार २२ बुधवार

621 

shares

सप्तरी ।आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १० हजार रुपियाँ जरिवानाको सजाय तोकेको हो ।

चौध वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए । अर्का आरोपित शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादवले सफाइ पाएका छन् । आरोपितहरूले २०७५ चैतदेखि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा २०७५ जेठ २६ गते उजुरी दिएकी थिइन्
इलाका प्रहरी कार्यालय कडरबोनाले २०७५ जेठ २७ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरी पशुपतिलाई पक्राउ गरेको थियो ।
सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित पशुपति २०७५ असार २२ गते पूर्पक्षका लागि ६५ हजार रुपियाँ धरौटी राखी पूर्पक्षका लागि तारेखमा रिहा भएका थिए । अदालतमा २०७६ जेठ २४ गते हाजिर भएका अर्का आरोपित रामकृष्ण पनि ६५ हजार रुपियाँ धरौटी राखी पूर्पक्षका लागि तारेखमा रिहा भएका थिए । रासस

 

वि.सं.२०७९ असार २२ बुधवार २०:३२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...