back
CTIZAN AD

श्रीलङ्काका राष्ट्रपति र रुसी राष्ट्रपति पुटिनबीच फोन वार्ता

वि.सं.२०७९ असार २२ बुधवार

801 

shares

कोलोम्बो । श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमुलक भएको बताएका छन् ।

उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनको लागि नेता पुटिनप्रति आभार प्रकट गरेका छन् ।
राजपाक्षले भने, “अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ ।”
उनले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलङ्कामा पुनः आरम्भ गर्न अनुरोध पनि गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।

उनले भने, “पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा साझेदारी गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रा दुई राष्ट्रहरूका लागि सबैभन्दा महत्वपूर्ण छ भन्नेमा हामी सबै सहमत छौँ ।”

इन्धन अभावको सामना गर्दै आएको श्रीलङ्काका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षलाई रूससँग कच्चा तेलको लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोनवार्ता भएको हो । सिन्ह्वा

वि.सं.२०७९ असार २२ बुधवार २०:४७ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...