back
CTIZAN AD

भाग्य राम्रो बनाउन अन्जान व्यक्तिसँग यौन सम्बन्ध

वि.सं.२०७३ चैत १० बिहीवार

975 

shares

indonesia-hillसंसारका प्राय सबै देशमा खुलारुपमा यौन सम्पर्क गर्न कानुनले बर्जित गरेको छ । तर, इण्डोनेसियामा एक यस्तो ठाउँ छ जहाँ धर्मका लागि अन्जान व्यक्तिहरुसँग यौन सम्पर्क राख्न मानिसहरु हिचकिचाउँदैनन् ।
इण्डोनेसियाको जावामा रहेको ‘सेक्स पहाड’ गुनुंग केमकुसमा सयौ तीर्थ यात्री जम्मा भएर अन्जान व्यक्तिहरुको खोजी गर्छन । अनी सेक्स सम्बन्ध राख्छन् । उनीहरुका अनुसार यस्तो गर्नाले उनीहरुको भाग्य राम्रो हुन्छ ।
इण्डोनेशियाको किंवदन्ती अनुसार एक राज कुमारले आफ्नी सौतेनी आमासँग प्रेम गर्थे । उनीहरु एकदिन शारीरिक सम्बन्ध बनाइरहेको समयमा रंगेहात समातिएका थिए । त्यसपछि उनीहरुको त्यहि हत्या गरेर यहि पहाडमा गाडिएको थियो ।

३० वर्ष देखि यसको अध्ययन गरिरहेका सामाजिक मनोबिज्ञ किओंतजोरो सिओपार्नीका अनुसार “यहाँ आउने तिर्थ यात्रीहरुको विश्वास छ की यदि उनीहरु यहाँ आफ्नो कामुकता प्रदर्शन गरेमा उनीहरुको भाग्य राम्रो हुँदै जानेछ ।
यसलाई जादुको पहाड पनि मानिन्छ । यहाँ एक चिहान पनि छ । त्यहि चिहानको रक्षाका लागि पुजा पनि गरिन्छ । भनिन्छ राजकुमार अनि उनकी प्रेमिकाको रक्षाको लागि यस्तो गरिएको हो । त्यसकारण यस गुनुंग पहाडलाई ‘सेक्स पहाड’ पनि भनिन्छ । यहाँ हरेक ३५ दिनमा एक अनुष्ठान हुन्छ जसमा देशभरका मानिसहरु सहभागी हुन्छन् । त्यस अनुष्ठानमा सहभागी हुन भन्दा पहिला मानिसहरु तलाउको पानीले नुहाउनपर्ने मान्यता छ ।

water
किवंदन्ती अनुसार १६ औ शताब्दिमा युवराज पैंगेरज समोद्रो रानी नायी आंत्रोवुलान सँग लिएर भागेका थिए । आंत्रोवुलान युवराजकी सौतेनी आमा थिइन् । उनीहरु यहि पहाडमा लुकेर बसेका थिए । एक दिन युवराज र रानी यौनलीलामा लीप्त भइरहेका थिए । त्यहि समय उनीहरु पक्राउ परे । अनि त्यहि उनीहरुको हत्या गरेर गाडिएको थियो । विविसी

वि.सं.२०७३ चैत १० बिहीवार ११:०० मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

मेहनत र आत्मविश्वासको जीत

मेहनत र आत्मविश्वासको जीत

एक सानो गाउँमा अर्जुन नामको केटा बस्थ्यो। ऊ सानैदेखि गरिब...