back
CTIZAN AD

यम बरालको ‘मेरो बदनाम’  सार्वजनि

वि.सं.२०७३ चैत १० बिहीवार

945 

shares

yam-baral संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाज का बोर्ड अफ ट्रष्टी गीतकार राम लामा ‘अविनाशी’ द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी दरार आउँछ भन्ने विषयमा केन्द्रित छ।

भिडियोसहित बजारमा आएको गीतमा राजेन्द्र चापागाईं, सिरू बिष्ट र प्रीति मोक्तानले अभिनय गरेका छन, छायॉकन मा शिब पंगेनी९नेपाल० र शंकर राज वाग्ले (अमेरीका) रहेका छन। त्यस्तै सम्पादन भुपेन्द्र अधिकारी को रहेको छ भने कलर समायोजन रेनिश फागोको रहेको छ साथै दीपेश दाहाल को निर्देशन मा तैयार भएको म्यूजिक भिडीयो हालै मात्र सार्वजनिक भएको हो। गीतकार लामाका करिब एक दर्जन गीत तथा दुई दर्जन कविता रचना सार्वजनिक भइसकेका छन्।

रेड कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गीतको युट्युब प्रवर्द्धन द स्काइज मुभिजले गरेको सञ्चारकर्मी प्रदीप चापागाईंले जानकारी दिएका छन्।

वि.सं.२०७३ चैत १० बिहीवार ०७:२६ मा प्रकाशित