back
CTIZAN AD

श्रीलङ्काले मुद्रास्फीतिको सामना गर्न प्रमुख दरलाई २१ वर्षकै उच्च पुर्यायो

वि.सं.२०७९ असार २३ बिहीवार

780 

shares

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट (एसडीएफआर)’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएलएफआर) दरलाई क्रमशः १०० आधार विन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

बढ्दो घरेलु मुद्रास्फीतिको सामना गर्न यसो गरिएको बैंकले जनाएको छ । साथै यी दरहरू २१ वर्षकै उच्च छन् ।

केन्द्रीय बैंकले हालै मुद्रास्फीतिमा सोचेभन्दा बढी वृद्धि भएको जनाएको छ । उच्च मुद्रास्फीति आगामी केही समयका लागि रहने अपेक्षा गरिएको छ । यसरी प्रतिकूल मुद्रास्फीतिको अनुमानको कुनै पनि वृद्धिलाई समाहित गर्न थप मौद्रिक नीति कडा हुनु आवश्यक हुने मौद्रिक बोर्डको धारणा रहेको थियो ।

केन्द्रीय बैंकले नीतिगत समायोजनले श्रीलङ्काको मुद्रास्फीतिलाई मध्यम अवधिमै ४ देखि ६ प्रतिशतसम्म स्थिर बनाउन मद्दत पुग्ने बताएको छ । बैंकले सूक्ष्म, साना तथा मध्यमस्तरका व्यवसायीलगायत समग्र आर्थिक गतिविधिमा कडा मौद्रिक अवस्थाको प्रभाव र वित्तीय क्षेत्रको कार्यसम्पादनलाई विज्ञहरूले कालान्तरमा अर्थतन्त्रका सबै क्षेत्रमा भएको मूल्य वृद्धिको दूरगामी प्रतिकूल परिणामबारे विचार गरेको बताए ।

बैंकले अप्रिलमा ७०० आधार विन्दुले दर बढाएको थियो तर मे महिनामा आफ्नो अघिल्लो नीतिमा थपघट गरेका थिएन । सिन्ह्वा

वि.सं.२०७९ असार २३ बिहीवार २१:३६ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...