back
CTIZAN AD

चीन र अमेरिकाको अर्थतन्त्र र व्यापार क्षेत्रको व्यावहारिक सहयोग अगाडि बढाइने

वि.सं.२०७९ असार २३ बिहीवार

951 

shares

बेइजिङ । चिनियाँ उप प्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति शृङ्खलाको स्थिरतालगायतका विषयमा बिहीबार छलफल भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शु युथिङले भन्नुभयो, “चीनका उप प्रधानमन्त्री र अमेरिकी अर्थ मन्त्री जेनेट एल येलेनबीच भिडियोमार्फत वर्तमान आर्थिक अवस्था र आपूर्तिबारे आफ्ना धारणा आदान–प्रदान भएको र उक्त वार्ता रचनात्मक भएको बताएका छन् ।

हाल विश्व अर्थतन्त्रको सामु गम्भीर चुनौती देखापरेको छ । समष्टिगत नीति क्षेत्रमा चीन र अमेरिकाबीचको आदान–प्रदान बढाउनु र विश्वको व्यवसाय आपूर्ति शृङ्खलाको स्थिरताको संरक्षण गर्नु चीन, अमेरिकाको साथै समग्र विश्व समुदायका लागि हितकर हुने बताइएको छ ।

वार्तामा अमेरिकाले कतिपय चिनियाँ सामान खरिदमा अतिरिक्त कर असुल्ने गरी लगाएको कर र केही चिनियाँ सामानको प्रतिबन्ध हटाएकोमा चीनले अमेरिकी कदमको प्रशंसा गरेको छ ।

उक्त अवसरमा दुई पक्षबीच आर्थिक तथा व्यापारिक टोलीहरूले भविष्यमा घनिष्ठ सम्पर्क गर्ने, समष्टिगत आर्थिक नीतिको आदान–प्रदान गर्ने र अर्थतन्त्र तथा व्यापार क्षेत्रको व्यावहारिक समाधानका लागि छलफललाई अगाडि बढाउने विषयमा मतैक्यता व्यक्त गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा

वि.सं.२०७९ असार २३ बिहीवार २१:४० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...