back
CTIZAN AD

प्रचण्डले दुई/चार दिनमै टुंग्याउन सक्लान् त पदाधिकारी ?

वि.सं.२०७९ असार २४ शुक्रवार

756 

shares

काठमाडौं । माओवादी केन्द्रको झण्डै एक सातासम्म बसेको केन्द्रीय समितिको तेस्रो बैठक पदाधिकारी चयन गर्न असफल बन्यो । बैठकले पोलिटब्यूरो, वैकल्पिक पोलिटब्यूरो र स्थायी समिति गठन गरेको छ । बैठकले स्थायी समितिलाई पूर्णंता भने दिन सकेको छैन् ।

प्रचण्डले पदाधिकारी र स्थायी समितिबारे टुंगो लगाउन बैठकमा “दुई/चार दिनको समय” माग गरेका छन् । उनले बैठकमा पदाधिकारीमध्ये धेरैको नाम टुंगो लगाएको पनि बताएका थिए ।

“महासचिव र उपमहासचिवको नाम तयार पारेको छु तर, अहिले मलाई पढ्न नलगाउनुस्, दुई/चार दिन समय दिनुस्”, प्रचण्डले बैठकमा भनेका थिए ।

तर, प्रचण्ड निकट नै मानिने स्थायी समिति सदस्य गणेश शाह दुई/चार दिनमै नाम टुंग्याउने विषय सम्भव नभएको बताउँछन् । उनका अनुसार आकांक्षीहरु धेरै भएको कारण व्यवस्थापन सहज छैन ।

“मैंले बुझेअनुसार वरिष्ठ उपाध्यक्ष र एक/दुई जना उपाध्यक्षको नाम टुंगीएको भएपनि अन्यको नाम टुंगीएको छैन्, आकांक्षी धेरै छन्, व्यवस्थापन गर्न सजिलो छैन”, शाहले भनेका छन्, “दुई/चार दिन होइन केही साता लाग्न सक्छ ।”

प्रचण्डले वरिष्ठ उपाध्यक्षको नाम प्रस्ताव गरेको भएपनि उक्त पदमै केहीले असन्तुष्टि जनाएका छन् । नेता मातृका यादवले निरन्तर आफुले वरिष्ठ उपाध्यक्ष पद पाउनुपर्ने माग राख्दै आएका छन् । संसार न्यूृजसँगको कुराकानीमा पनि नेता यादवले नेता नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने विषयमा सहमति नभएको बताए ।

“वरिष्ठ उपाध्यक्षको दाबेदारी म पनि हो, तर अध्यक्ष ज्यूले नारायणकाजी पछि मातृकाको नाम राख्ने भन्नुभएको रहेछ, मेरो सहमति छैन”, उनले भनेका छन् । उनले स्थायी समिति बैठकमा पदाधिकारीबारे आफुले स्पष्ट अडान राख्ने बताएका छन् ।

वि.सं.२०७९ असार २४ शुक्रवार १५:२६ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...