काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनदेशका लागि राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा ओमान, साउदी र श्रीलंकाका लागि राजदूत नियुक्त गरेकी हुन् ।
जसमा साउदी अरेबियाका लागि नवराज सुवेदी, ओमानका लागि डोरनाथ अर्याल र श्रीलंकाका लागि वासुदेव मिश्र राजदूतमा नियुक्त भएका हुन् ।
वि.सं.२०७९ असार २४ शुक्रवार १५:३४ मा प्रकाशित






























