back
CTIZAN AD

आदिकविको जन्मजयन्तीको अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता

वि.सं.२०७९ असार २६ आइतवार

813 

shares

तनहुँ । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन् ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन् । आचार्यको जन्मजयन्तीका अवसरमा यही असार २८ गते खुला कविता प्रतियोगिता हुन गइरहेको छ ।

कविले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । प्रतियोगितामा कविता वाचनका लागि पर्वत, मोरङ, कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलवस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देहीका कवि सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदासमेत दिएको छ ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा पनि उत्तिकै प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि नेपाली साहित्यमा चिनिनु भएको हो ।

 

वि.सं.२०७९ असार २६ आइतवार १५:१६ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...