भक्तपुर । जाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक बस्ने निर बिकार प्रजापति रहेका छन् ।
उनलाई १ हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सूर्यविनायकस्थित खाजा पसलमा निर बिकारको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबारस्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई जाली नोट सहित पक्राउ गरेको जनाइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७९ असार २७ सोमवार १३:४९ मा प्रकाशित





























